काडा बनी मायाले च्वास्स घोचेको छ
दर्द पनि सहने बानी परेको छ।
सुख र दु:ख भन्नु जिन्दगीको रीत हो
सुख क्षणिक हो मनले दु:खै रोजेको छ।
अतीतका सबै कुरा उल्टो भैसकेछ
कमलो थियो मुटु,पत्थर बनेको छ।
कहाँ थिए म हिजो, कता जादैछु खै
लक्ष्य कहाँ र के हो, पाइला रोकेको छ।
बगेको पानी जस्तै भएको छु आज
उभो बग्न खोजे नि तलै बगेको छ।
No comments:
Post a Comment