Sunday, 6 September 2015

भीरमा फूली दियौ

टिप्नु थियो एक फूल,भीरमा फूली दियौ
बिताएका मीठो पल चट्टै भूली दियौ।

जति म नजिक हुन्छु उती टाढा जान्छौ
पोखरामा बोलाको जिरी डुली दियौ।

तिमी पानी म चिनी भन्ने गर्थ्यौ तिमी
परिवर्तन भो आज केमा घुली दियौ।

आफन्त पराइ भयो पराइ नै आफन्त
झटारो हान्यौ मलाई अन्तै झूली दियौ।

पजेरोमा सररर घुम्छौ आज भोलि
एक्कासी तिम्रो किन भाउ चुली दियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...