Wednesday, 23 September 2015

साउने झरी परेको बेला

साउने झरी परेको बेला
केश बाट थोपा झरेको बेला।
पानीमा आगो लाग्न थाल्यो
मनले तिमी लाई माग्न थाल्यो।

मलाई तिम्रो आँखामा राख 
मुटुको ढुक्ढुक भाकामा राख।
तिमीले बैँस छरेको बेला
मायाले मुटु भरेको बेला।
पानीमा आगो लाग्न थाल्यो
मनले तिमी लाई माग्न थाल्यो।

स्वीकार हार म गोली भर्छु
प्रेमको युद्ध म सुरु गर्छु।
सिरीरी हावा चलेको बेला
तिमीमा माया सरेको बेला।
पानीमा आगो लाग्न थाल्यो
मनले तिमी लाई माग्न थाल्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...