हात माग्दा मैले सलाइ दियौ तिम्ले
कमलो यो मुटु जलाइ दियौ तिम्ले।
मेरो पनि मन हो दुखायौ यसरी
चोखो तिम्रो जोवन कलाइ दियौ तिम्ले।
हस्ट-पुस्ट थिए,तिम्रै चिन्ता लाग्थ्यो
तन्दुरुस्त ज्यान गलाइ दियौ तिमीले
तिमी बिना मर्छु, बाच्दिन कि भन्थ्यौ
सुतिर'को बाघ चलाइ दियौ तिम्ले।
कहाँ पुग्यौ तिमी ,म जहाँको त्यहीँ
टुप्पो बाट किन पलाइ दियौ तिम्ले।
No comments:
Post a Comment