संघर्ष गरौं गरीबको गुजारा चल्छ भने
पाइला अघि बढाऔ चुलो यदि बल्छ भने।
अन्याय र अत्याचार सहनु महापाप हो
जागौ यदि शोषणको खम्बा नै ढल्छ भने।
नेता चुन्यौ हामीले तर कता गायब भो
चुप लागि नबसौ जनतालाइ छल्छ भने।
हत्या र हिंसा होइन शान्तिपुर्ण आन्दोलन
प्रतिकार गर्नु पर्छ टायर गाडी जल्छ भने।
आउ मिली शुरु गरौं अब नौलो अभियान
एकताले हाम्रो देश पक्कै बदल्छ भने।
No comments:
Post a Comment