कहानी उनीले सुनाए पछि थाहा पाए
आँखाको आँसु नै सुकाए पछि थाहा पाए।
गहिरो रैछ चोट,सुनेर ट्वाल्ल भए म त
आधा कुरा मात्र बताए पछि थाहा पाए।
झुटो होला उनको कहानी भनी के था मलाई
अर्को दिन झिल्के भगाए पछि थाहा पाए।
मन त मेरो उनी तिर गै सक्या थियो झनै
समयले घण्टी बजाए पछि थाहा पाए।
फेरि पछि एक दिन देखिए उनी श्रीमान् संग
लजाइ उनले शीर निउराए पछि थाहा पाए।
No comments:
Post a Comment