सानो हुँदा पर्यौ हामी बाउको भरैमा
देवी-देवता आमा-बा हुन् आफ्नो घरैमा।
जे गर्नुछ हामी नै हौं बाबा आमा लाई
भर परेका हुन्नन् कतै अरु परैमा।
अमुल्य यो जीवन पायौं देख्यौं सन्सार नि
कैले काहीँ अलि कति बा'को डरैमा।
हाम्रो लागि धेरै दु:ख गरे बाबाले
गाह्रो काम गरे होलान् खेतको गरैमा।
बाबा आमाको ऋणी छौं तिरी सकिन्न
मनमा माया हुनुपर्छ हुन्न करैमा।
No comments:
Post a Comment