आँखा-आँखा जुधे पछि कसको के नै लाग्छ र
मुटु-मुटु जोडे पछि कसको के नै लाग्छ र।
माया भन्ने चीज पनि कमालको हुने रैछ
जिउदै स्वर्ग पुगे पछि कसको के नै लाग्छ र।
शक्तिशाली हुन्छ माया गोली पनि छेक्दिन्छ
दुश्मन माथी टेके पछि कसको के नै लाग्छ र।
चोखो माया भित्र हुन्छ आत्माविस्वास लुकेको
अन्धे ले नि देखे पछि कसको के नै लाग्छ र।
मायाको बयानै गरि सकिँदैन कहिल्यै
अपाङ्ग नि दौडे पछि कसको के नै लाग्छ र।
No comments:
Post a Comment