तिमी पाउनु मेरो जीवनको सार हो
म जिउनुको तिमी ठूलो आधार हो।
पानी बिना माछ, तिमी बिना म
उस्तै उस्तै कुरा, तिमी सन्सार हो।
तिमी छौ त म छु ,नत्र अपुर्ण छ
तिमी नभए म एकदम बेकार हो।
दु:ख-सुख बाडौ एक अर्का लाई
एक्लो जीवन यहाँ धर्तीलाइ भार हो।
तिमी लाई पाउनुमै मेरो जीत हुन्छ
यदि पाइन भने सधैंको हार हो।
No comments:
Post a Comment