Sunday, 20 September 2015

सम्बिधान आको छ

धेरै पछि देशमा सम्बिधान आको छ
हजारौं सहिदको बलिदान आको छ।

सबै नेपालीको घरमा खुशी छाई
बहादुर र वीरको स्वाभिमान आको छ।

आस्थाको यो खम्बा बलियो भएर
गुम्न लाको हाम्रो पहिचान आको छ।

बिस्वास जागेको छ,हिम्मत बढेको छ
आज नेपालीको ठूलो सान आको छ।

धेरै पछि देशमा सम्बिधान आको छ
हजारौं शहिदको बलिदान आको छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...