लजाएर नजर झुकाउछौ किन
दु:ख,पीडा मनैमा लुकाउछौ किन।
हासेर बोल के छ गासौ पिरती
कमलो भाको मुटु दुखाउछौ किन।
के चोट लाग्यो भन दुब्लाएकी छौ
लोभ लाग्दो त्यो ज्यान सुकाउछौ किन।
त्यो गल्ती तिम्रो होइन अरु कसैको
ब्यर्थैमा ठूलो मूल्य चुकाउछौ किन।
नजाउ टाढा म बाट आउ मायालु
हाम्रो मायाको गाठो फुकाउछौ किन।
No comments:
Post a Comment