Wednesday, 9 September 2015

साइत जुर्नु पर्ने

कान्छीको दर्शन पाउन साइत जुर्नु पर्ने
फेरि भेट हुन लाई बर्सौ कुर्नु पर्ने।

भन्न खोजे मनका कुरा मनमै अड्की दिन्छ
प्रेम प्रस्ताव राख्दा पनि सायरी फुर्नु पर्ने।

बोल्न सुरु भए पछि रोकिन्न गफ फेरि
उनले शान्ति पाउन लाई कुरै तुर्नु पर्ने।

हट्ट कट्ट ज्यान मेरो बाघले खाइ सकिन्न
पेट भर्न दुई थाल भात हसुर्नु पर्ने।

लाग्दैन निद पटक्कै उनी छैन भने
उनको साथ पाए पछि सुत्दा घुर्नु पर्ने।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...