मादलुको घिन्ताङ तालमा नाच्यौ
लचक्कै मयूरको चालमा नाच्यौ।
एकान्तमा रम्यौ प्रकृति संग
निस्छल समुद्रको छालमा नाच्यौ।
चिसो ठण्डी बतास टल्किने त्यो हिउँ
स्वर्ग जस्तो ठाउँ हिमालमा नाच्यौ।
हेरीरहु लाग्ने तिम्रो मिठो नाच
आज धेरै अन्तरालमा नाच्यौ।
नाच कम्मर भाची छम छमी नाच
नयाँ ठाउँ , नयाँ सालमा नाच्यौ।
No comments:
Post a Comment