भुसको आगो जस्तो कति सल्किन्छौ
आफ्नो छोडी पराइ तिर ढल्किन्छौ।
हीराको त बयान गर्नु पर्दैन
काचको टुक्रा जस्तो मात्र टल्किन्छौ।
कैले काहीँ सत्य तथ्य लुक्दछ
तिमी सबको सामु आफै झल्किन्छौ।
लागेको कु-बानी कहाँ छोडिन्छ
चोर बिरालो सरी झनै पल्किन्छौ।
धेरै स्वतन्त्र त छाडा तन्त्र हो
समुद्रको पानी झैँ छचल्किन्छौ।
No comments:
Post a Comment