सिमसिमे पानी र घाम,जब परेको त्यो क्षण
सप्तरङ्गी इन्द्रेणी त्यहाँ निस्केको त्यो क्षण
प्रकृतिको यस्तो रुप,सुखको सीमा छैन
धर्ती र जूनले लुका-मारी खेलेको त्यो क्षण।
बिहानी-लाली-किरण हिमालयमा उदाउँदा
सिर्सिरे चिसो हावा सुस्त बगेको त्यो क्षण
हुस्सु र कुहिरोले पहाड लाई अगाल्दै
तामाकोशीमा पानी सुरुप पिएको त्यो क्षण
गौरीशंकर हिमालको सेतम्य त्यो थुप्रोमा
पुस्पपत्र हरु झैं तप्प खसेको त्यो क्षण।
No comments:
Post a Comment