Tuesday, 8 September 2015

सभासद

घरमा खाई सम्सदमा डकार्छ सभासद
भेट्न गए मुख नै बिगार्छ सभासद।

चुनाव आए नम्र भै फकाउछ बेसरी
चुनाव पछि भेट्ने मिति सार्छ सभासद।

आशा देखाउछ यस्तो गर्छु भनी जैल्यै
बिकास गर्दा मुन्टो पो बटार्छ सभासद।

मौका छोपी मज्जाले खल्ती टन्न भर्छ
देशको होइन आफ्नै घर सपार्छ सभासद।

धोका दिन्छ जनतालाई गर्छ बिस्वासघात
त्यसैले अर्को पल्ट त हार्छ सभासद।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...