धर्म-राज्य वकालत गर्ने कता लुके
यथार्त नबुझी कन हावामा नै फुके।
सम्बिधान् सब्को लागि मान्य हुने बनाउ
धार्मिक युद्ध चर्काउन भुक्न सम्म भुके।
आफ्नो दुनो सोझ्याउन खेल हरु खेले
ब्यक्तिगत स्वार्थ सिद्ध गर्न लाई चुके।
ठानेका थिए कमजोर नेपाली जनतालाई
जनता जिते आखिरमा नेता हरु झुके।
जनादेशको कदर खै भाते नेता हरु
त्यसैले त जनताले थुक्न सम्म थुके।
No comments:
Post a Comment