Friday, 18 September 2015

दीपावली मनाउ

हजारौं जनता लाई बली चढाउ
नेता हरु दीपा-वली मनाउ।

जान्ने,बुझ्ने तिमी,जनता भेडा हुन्
सत्तामा आउन लाई पैसा खन्याउ।

बाच्ने मन त हुन्छ सबै जना लाइ
बहादुरी देखाइ  गोली चलाउ।

हक अनि अधिकार माग्दा खेरी नै
झुटो मुद्ध लगाइ निर्दोष फसाउ।

सोझो र इमान्दार जेलमा सडाउ
गुन्डा र फटाहा सधैं बचाउ।

हजारौं जनता लाई बली चढाउ
नेता हरु दीपा-वली मनाउ ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...