तिमी नै बगेकी छौ नशा नशामा
तिमी लाई आफ्नो देख्ने मेरो आशामा।
अंग अंग चलाएर गर्छौ ईशारा
केही बुझ्न सकिन तिम्रो भासामा।
भन किन टाढिन्छौ म देखि सधैं
कान मेरो बुच्छै भो सुन छ ल्हासामा।
तिमी लाई घुमाउछु तिम्रै इच्छामा
दोलखाको जिरी बजार अनि खासामा।
कतिन्जेल भागी हिन्छौ प्रियसी तिमी
एक दिन त पर्ने नै छौ मेरै पासामा।
No comments:
Post a Comment