Sunday, 27 September 2015

मान्छेको भीड्मा

मान्छेको यो भीडमा हरायो जिन्दगी
मान्छे देखि यहाँ डरायो जिन्दगी।

मद्दत गर्ने छैन कोही पनि किन
च्यापिएर डरले करायो जिन्दगी।

के सोचेको थिए आज के भैदियो
कोही त भन के गरायो जिन्दगी।

सुखको दिन आउला भनेर सोचे थे
फेरि घाउ आलो भो चहरायो जिन्दगी।

चोटैचोटले थकित भैसकेको छु म
अचानक सपनामा बर्बरायो जिन्दगी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...