Thursday, 17 September 2015

धपक्कै बलेको

धपक्कै बलेको मुहार तिम्रो
छड्के नजरैको प्रहार तिम्रो।

रातो पछ्यौरीले शीर छोपेकी
टीकाले टलल निधार तिम्रो।

के विधि सुहाको रातो पहिरन
छिट्टै ब्यौली हुने हतार तिम्रो।

स्वर्गकी परी झैँ कति राम्री छौ
मान्छे जस्तै राम्रो बिचार तिम्रो।

फोटोमा देखेको प्रत्यक्ष हैन
नजीक बाट हेर्छु सन्सार तिम्रो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...