Sunday, 13 September 2015

सानो घर छ

बिल्डीङ छैन मेरो सानो घर छ
झुप्रो घरको मेरो छानो खर छ।

ठेगाना त पर्यो दोलखाको जिरी
माङ दोर्जे मेरो नाम शेर्पा थर छ।

दुधकुण्ड हिमाल छ चेर्दुङ शीरैमा
ताबेको पहाड त गाउको पर छ।

गौरीशंकर हिमाल हासेको हुन्छ
जिरीको डाडामा पीपल बर छ।

डाफे,मुनाल नाच्छन् क्याङ्सिर बनमा
रमाइलो छ गाउँ ठाउँ के को डर छ

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...