स्वार्थी यो संसारमा छानी छानी माया लाउछन्
सुन्दर युवा देखे तानी तानी माया लाउछन्।
छोडी दिन्छन् आधा बाटोमा पुगे पछि त
क्षणिक अनि झूटो,जानी जानी माया लाउछन्।
सस्तो मस्तो माया, प्रदुसित भो संसार पनि
गाठ वाला होला भन्ने ठानी माया लाउछन्।
स्वार्थ पूरा गर्न के सम्म गर्दैनन् यहाँ
जस्तो शर्त पनि मानी मानी माया लाउछन्।
कमजोरी हाम्राका पनि हुन्छन् कतै कतै
थाहा नपाइकन आनी बानी माया लाउछन्।
No comments:
Post a Comment