मस्की मस्की बोलेको मायालुको बातै मिठो
बिर्सनै नसकिने निरमायाको साथै मिठो।
पुर्णिमाको जून जस्ती अध्यारोमा चम्किरही
झिलिमिली थियो त्यहाँ बिताएका रातै मिठो।
स्वर्गकी परी पनि हार खाई उनी देखि
सुम्सुम्याई शरीरमा कलकलाउदो हातै मिठो।
बेहोसी मै अगाली मलाइ पनि लाग्यो नशा
नशालु आँखा अनि जवानीको मातै मिठो।
मुसुक्क हास्दा खेरी उडी गयो होसै मेरो
हीरा सरी टल्किदा टललल दातै मिठो।
No comments:
Post a Comment