Tuesday, 29 September 2015

लुटेको देशमा

नेताले सर्बस्व लुटेको देशमा
जनताको भाग्य फुटेको देशमा।

कोही मरी मरी कोही तरी तरी
बलियाले निर्धो चुटेको देशमा।

बिकास त्यो बेला मात्र सम्भब हुन्छ
जहाँ सबै जना जुटेको देशमा।

देश र जनताको नाममा झुट्को खेती
हजारौंको जीवन भुटेको देशमा।

कहिले होला यो भुमी स्वर्ग जस्तो
कैयौ सपना हरु छुटेको देशमा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...