Wednesday, 30 September 2015

गए पछि

सम्बन्धको के अर्थ छोडेर गए पछि
दु:ख अनि पीडामा राखेर गए पछि।

लडिरहेको छ कोइ मरन्नासन्न भा'छ
नदेखे जस्तै आँखा छोपेर गए पछि।

ठाक्क ठुक्क पर्छ नि कहिलेकाही घरमा
घरै छोडी मनमा ईख बोकेर गए पछि।

जिन्दगी के जिन्दगी जब आफ्नै मान्छेले
मुटुमा तीखो छुरा धसेर गए पछि।

क्षणिक माया के माया अजम्बरी पो माया
सधैंको लागि माया मारेर गए पछि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...