तिमी लाई देखेर भए म त लट्ठै
हतारै हतारमा लाए माया झट्टै।
एकोहोरो माया लगाएछु मैले
अनायसै आज खायो मुटु कट्टै।
अर्कै हुन्छ क्यारे यो मायाको भासा
मायाको शास्त्रमा रैछु म त मट्ठै।
दुई हात जोडेर कति बिन्ती गरे
मेरो कुरा सुनिनौ छाडी गयौ चट्टै।
छोडेर जानेकै माया लाग्दो रैछ
निस्ठुरीको याद आको छ चौपट्टै।
No comments:
Post a Comment