Friday, 18 September 2015

हीरा हुने भो

स्वार्थी मायाको चाह हीरा हुने भो
सोझो केटाको मुटु चीरा हुने भो।

जो सोझो छ उसैको मुखमा नै घोचो
दुनियाँको नजर म तिर हुने भो।

दु:ख,पीडा भोग्दैछु, हन्डर खादैछु
सिलौटामा पिसिने जीरा हुने भो।

पुग्ने भइन् उनी त ठूलो महलमा
म त जहाँको त्यहीँ नीर हुने भो।

माया सारै महँगो किन्न सकिन
मेरो जीवन नालीको कीरा हुने भो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...