Thursday, 10 September 2015

तिमी बिना अधुरो

तिमी बिना मेरो जीवन अधुरो
तिम्रो माया बिना झनै अपुरो।

तर्की नजाउ टाढा यो दुखी बाट
तिम्रो बाउ लाई म भन्छु ससुरो।

भइनौ भने तिमी मेरो जीवनमा
जीवनको अर्थ नै हुन्छ साघुरो।

तिमी छेउमा हुँदा बढ्छ जोस जागर
सफल्ताको मैले चढ्छु चुचुरो।

आउ न माया गासौ मरी लानु के
दुई दिने चोलामा बुझ यो कुरो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...