हेरिरहु लाग्यो उनी,तलतलमा फस्न हो कि
मरुभूमिको बालुवा,दलदलमा फस्न हो कि।
उनकै पछि पछि लागे ,कहाँ पुग्ने था छैन
उराठलाग्दो,बिरानो त्यो जंगलमा फस्न हो कि।
गायब भई,कहाँ गई,खोजे यता र उता
अचम्मै भो आज यहाँ,कुन छलमा फस्न हो कि।
पैतिस पुगी छत्तीस लाग्यो,बैश फेरि आ जस्तो
फेरि सोर्ह,सत्रको झै चन्चलमा फस्न हो कि।
स्थीर छैन अस्थीर छ यो कस्तो पापी मन
बुढेसकालमा तरुनीको त्यो कलमा फस्न होकि
No comments:
Post a Comment