धेरै सालको अस्तव्यस्तता,अन्यौलता ,निराशा र सम्बिधान-बिहीनता लाई चिर्दै २०७२ असोज ३ गते दोस्रो सम्बिधान सभाले देश र जनता लाई "नेपालको सम्बिधान २०७२" पस्कन सफल भएको छ।कतिपय जातीय, धार्मिक, सामुहिक र क्षेत्रीय मागलाई सम्बोधन गर्न नसके पनि यो सम्बिधान कसैको हीत बिपरित छैन भन्ने मलाई लागेको छ। छ त केबल अपराधी, देशद्रोहीर गुन्डागर्दी हरुको हीत बिपरित।तराइको एक मधेस एक प्रदेस,थारुवान,पुर्वको लिम्बुवान र पस्चिमको अखण्ड प्रदेशको जुन माग हरु थिए ,कुनै पनि हालतमा यी मागहरु पूरा गर्न सकिन्न र गर्न पनि मिल्दैन।समस्या जनतामा होइन नेतामा देखिन्छ।सोझा साझा जनतालाई उचाल्ने ती स्वार्थी नेताहरुको कुनै पनि हालतमा स्वार्थ पूरा हुने छैन।मधेसको जनतामा आक्रोश देखिनुमा बाहिरी चलखेल भएको प्रस्टै छ र नेपालको नयाँ सम्बिधान २०७२ को आगमन सङ्गै छिमेकी रास्ट्रले धम्कीपूर्ण बिज्ञप्ती निकाल्नुका साथै नाकाहरु बन्द गर्नुले पनि थप छर्लङ्ग हुन आएको छ।हुन त जातिय द्वन्द हुनुमा एमाओबादीको पनि दोस छ।किन भने जातिय राज्यको जुन आश्वासन नेपाली जनता लाई बाडेर जनयुद्दमा सरीक गराए र अहिले आएर ती आश्वासन पूरा गर्न नसक्नुमा एमाओबादी पनि जिम्मेवार छन् ।आश्वासन दिनु त नेपाली राज्नैतिक नेताहरुको बानी र शैली नै भइसकेको छ।झुटो आश्वासन लाई चिन्न नसक्नु एकातिर नेपाली जनताको पनि कम्जोरी देखिन्छ।हुनै नसक्ने साम्यवाद र जातीय राज्यको आशामा गरीब तथा सोझा जनता हरु युद्धमा होमेको थिए।र यस्तो असम्भव मुद्दाहरुलाइ लिएर अब आन्दोलन र चक्काजाम गर्नु नेपाल र नेपालीको लागि अति घातक सिद्ध हुनेछ।हामी लाई जातीय र धार्मिक होइन सिङ्गो नेपाल र नेपालीको लागि मान्य हुने प्रगतिशील र उपयुक्त सम्बिधान चाहिएको छ।हुन त अहिलेको नयाँ सम्बिधानमा गल्ती,कमी र कमजोरी हरु छैनन् भन्न सकिन्न तर संसोधन पनि त गर्न सकिन्छ ।तर अहिलेको एकाइसौ शाताब्दीमा बिस्वको कुनै पनि देशमा लागू हुन नसकेको जातीय राज्यको कल्पना सम्म पनि गर्नु हुँदैन।जुन नेपालको लागि घातक सिद्ध हुनेछ।एक मधेस एक प्रदेशको अव्धारणा नेपाल र नेपालीको नभइ मधेस लाई नेपाल बाट टुक्र्याउन खोज्ने छिमेकी रास्ट्र भारतको भन्दा अत्युक्ति नहोला।भारतले नाका बन्द गरि हाले पनि हामीले हतोत्साहित हुनु पर्दैन।हामी लाई भारत बाहेक अन्तरास्ट्रिय समर्थन छ।भारतले धम्कीपूर्ण भासा बोल्दैमा हामीले रास्ट्रघाती कदम कुनै पनि हालतमा चाल्नु हुदैन।जनता लाई बुझाउन सक्नु पर्छ न कि दमन गरेर होइन।यति खेर एउटा पार्टीको होइन कि सिङ्गो देश नेपाल लाई हाक्ने नेताको खाचो देखिन्छ।जुन कुनै पनि पार्टीका नेताले नेतृत्व गर्न सक्छन्।तर ती नेतामा हिम्मत र क्षमता हुनु पर्यो।प्रचण्ड,ओली,बाबुराम,गच्छदार र अरु जोकोही पनि मधेसको यो समस्या समाधान गरेर हिरो बन्न सक्छन्,मात्र हुनु पर्यो ईच्छा शक्ति र जनता प्रती माया।
Tuesday, 22 September 2015
सम्बिधान २०७२
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment