Saturday, 19 September 2015

चुट्किला भयौ

मेरो मुटु बिझाउने कीला भयौ तिमी ।
दुनियाँ लाई हसाउने चुट्किला भयौ तिमी

मलाई भने खसाल्यौ अग्लो छाना बाट
अरु चढ्ने र झर्ने खुड्किला भयौ तिमी।

मजा लिन्छन् सबैले तिम्रै रुप हेरी
आँखाको राप मार्ने रङ्गीला भयौ तिमी।

रुप फेर्दै हिन्छौ किन छेपारोले जस्तै
दैवको अनौठो त्यो लीला भयौ तिमी।

आफुले आफू लाई चिन्न नि सकिनौ
समयले नेटो काट्यो ढिला भयौ तिमी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...