Tuesday, 8 September 2015

मुसुलधारे वर्षा

मुसुलधारे वर्षा भयो रुझ्यौ हामी निथ्रुक्कै
जवानीको आगो लाग्यो भए म त भुत्तुक्कै
सम्हाल्नै गाह्रो पर्यो मैले आफूलाई
चुम्न मन लाग्यो भए पनि जेसुकै ।

गड्याङ गुडुङ चट्याङ गर्ज्यो वर्षा हुँदा खेरी
अनायसै बेहोस भई अगालोमा बेरी।
मुसुलधारे वर्षा भयो••••••••••••••••••

हजार भोल्टको झड्का लाग्यो थाहै नपाइ तनमा
पहिलो चोटि माया साट्यौ आज यो जीवनमा।
मुसुलधारे वर्षा भयो••••••••••••••••••••

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...