हिंडी दिन्छु कैयौं ठूला ठूला चाहत बोकेर
प्रियसीको सपनाको सुन्दर जन्नत बोकेर।
बोक्न सक्या छैन आफ्नै दस किलोको टाउको
कुद्न सक्तिन बेस्सरी सिङ्गो जगत बोकेर।
कसरी देखाउ हे राम! यस्तो कलिको युगमा
हनुमानले जस्तै सिङ्गो विशाल पर्वत बोकेर।
सरर गाडी चाहियो भन्छे मेरी श्रीमति
चाहना किन्न गार्हो छ शून्य बचत बोकेर।
आँसु झारी बसेको छ कठै गाउको झुपडी
बर्सातमा झरी पर्दा चुहिने छत बोकेर।
No comments:
Post a Comment