Monday, 22 August 2016

प्रतीक्षा

हामी एक अर्कालाई
असाध्यै माया गर्दै आयौं
एक-अर्का बिना बाच्नै
नसकिने सम्म भयौं
जसरी अक्सिजन बिना
प्राणीको अस्तित्व रहन्न।
घरजम गरेर तिमी संगै
सन्तुष्ट जीवन जिउने
मेरो सुनौलो सपनाको
बलात्कार हुँदै थियो
तिम्रो बिहेको कुरा चल्दा।
मेरो हृदयको राजा!
मेरो बिहे अन्तै हुदैछ
जसरी हुन्छ भगाउ भन्थ्यौ
त्यतिखेर म बाधिएको थिए
बिबशताको माखे साङ्लाले
सीमारेखा कोरिएको थियो
मेरो वरिपरि चारैतिर
गरिबी नामको बक्ररेखाले
घेरिएको थियो मलाई
मेरो हिम्मत ढिला थियो
मेरा खुट्टाहरु लुला थिए
अनि तिमी नै भन त प्रिया
म कसरी भगाउ तिमीलाई?
उडाएर लैजाउ भन्थ्यौ
तर तिमीलाई उडाउन
म सित पैसाको प्वाख थिएन
म आफै हिंड्न् नसकेको बेला
म आफैं उड्न नसकेको बेला
भन त कसरी उडाउ मैले?
तिमी राम्ररी बुझ्छ्यौ नि है
त्यतिबेलाको मेरो बाध्यता?
पल्लाघरे माइला बाट
कैयौं बिन्ती बिसाएर
दुइटा हाती सापटी लिएर
परार किनेको झोलामा
पोहोर दशैमा किनिएका
अहिले ठाँउ ठाउँमा फाटिएका
दुई जोर कपडा हालेर
हिजोको सल्लाह मुताविक
आज भालेको डाकमा
उठेर थोत्रो झोला संगै
पर्खिरहेको छु तिमीलाई
खै किन तिमी आईनौ?
पूर्वबाट उदाएको किरणले
धर्तीलाई छपक्कै छाइसक्यो
हेर्दाहेर्दै सुर्य माथि आइसक्यो
तैपनि म पर्खिरहेछु,तिमी आइनौ।
दिउसै रात परिसकेको छ
आँखामा फेवाताल जमेको छ
दिनको प्रचण्ड गर्मीले
शरीरबाट बाढी उर्लेको छ
पत्ले भञ्ज्याङ्को चौतारीमा
पीडाको बादल मडारिएको छ
तिम्रो पर्खाइमा आकाश रोएको छ
रुझिएका नयन बिछ्याएर
हेरिरहेको छु तिम्रो बाटो
तर तिमी आउदै आइनौ।
अब त सुनको औँठी साटेर
मैले चुमेका ती गला
पराइको मंगलसुत्रले
बेरियो होला सनक्कै
उसैसंग संगै मर्ने-बाच्ने
कसम खाइसक्यौ होला
अग्नि लाई साक्षी राखेर
सात फेरा घुमेर
हामीले देउराली साक्षी राखी
खाएको कसम तोड्यौ होला
तर यता मेरो दिल तोडिएको
मेरो मुटुको ट्क्रा अलग्गिएको
के थाहा तिमीलाई?
अनि मेरो याद सम्म आयो आएन
त्यो मलाई के थाहा?
सायद अब त खाली सिउदो
उसैको सिन्दूरले रंगियो होला
सजिएको डोली चढी तिमी
रंगीन सफरमा निस्क्यौ हौली
म भने यहाँ पर्खिरहेको छु
तिम्रो आगमनको झिनो आशमा।
अब त सोध्नु पनि छैन मलाई
तिमी किन आइनौ भनेर
किन कि निस्पट्ट भैसक्यो रात
मेरो जिन्दगीको अन्धकार संगै
शुरु भयो होला तिम्रो बिहानी
मैले उठाउने सपना देखेको
त्यो घुम्टो उठायो होला उसैले
उसैले थामिसके होला कोमल हात
हजारौं पल्ट मैले चुमेको निधारमा
बिल्कुल नयाँ-नौलो अधरको
बर्सात भयो होला लगातर
जीवनमा कहिल्यै नभोगेको
आनन्द प्राप्त गर्यौ होला
कहिल्यै नपुगेको स्वर्गमा
पुगिसक्यौ हौली प्यारी
म भने नर्कमा पुगेको छु।
एउटा महापागल जस्तै बनेर
अझै म पर्खी नै रहेको छु
खोजिरहेको छु तिम्रो न्यानो साथ
उहीँ पुरानो झोला अनि
थोत्रा कपडा हेर्दै बेला बेलामा
प्रतिक्षारत छन् यी नयन हरु!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...