Wednesday, 3 August 2016

कहाँ सकिन्छ

धनाड्य छु भनी ब्यर्थै उम्लन कहाँ सकिन्छ
दार्हा किटी जनावर झैं झम्टन कहाँ सकिन्छ।

अजिङ्गरको मुखभित्र परेको जस्तो लाग्दैछ
पिरतीको मुख बाट उम्कन कहाँ सकिन्छ।

जिन्दगीमा सबैभन्दा ठूलो झड्का दिने लाई
बिर्सेर सजिलै संग बिर्सन कहाँ सकिन्छ।

फोन किन गरिनौ भन्छे मेरी प्यारी श्रीमतिले
सासै फेर्ने फुर्सद छैन, सम्झन कहाँ सकिन्छ।

जंगली बाघ-भालु जस्तो धारिलो नङ्ग्रा छैन
मान्छे भई दुश्मनलाई झम्टन कहाँ सकिन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...