शनिबारको दिन २ छोराहरुले गोरु जोत्न मद्दत गरेकाले रामबहादुरको भुइँमा खुट्टा थिएन।शुक्रबारको दिन दिउँसो एक बजे नै विद्यालय छुट्टी भएर यताउता खेल्दै हिन्ने क्रममा भेट्टाएको चिल्लो बललाई जेठो छोरा मोहनले झोलामा जतनका साथ राखिएको थियो।शनिबारको दिन भाइ चन्द्र संग मिलेर बल खेल्ने योजना मुताविक दाइले गोरु भाइ लाई जिम्मा लाएर उक्त बल झिकेर ल्यायो। गोरु जोत्न छाडेर दुई भाइ खेल्न थाले।बल दुई भाइको बीचमा नाच्न,उफ्रन र गुड्न तल्लीन थियो।त्यो चिल्लो र अनौठो बल संगै दुवै भाइको खुशीको सिमाना फराकिलो हुँदै थियो।सोही क्रममा मोहनले अनौठो र कौतुहल हुँदै बलतिर अवलोकन गर्न थाल्यो।उक्त फलामको बल संगै मसिनो साङ्ला पनि जोडिएको थियोे।दाइको क्रियाकलाप देखेर भाइ चन्द्र पनि उत्सुक मान्दै भन्न थाल्यो:-
"खै दाइ,म पनि हेरु न के रहेछ त्यहाँ।"
"हुन्न,हुन्न,म आफैं हेर्छु पहिले,किन भने यो बल मैले भेट्टाएको हु।"-दाइको जवाफ थियो।
दुई भाइको बीचमा प्रतिस्पर्धा हुन थाल्यो-सबभन्दा पहिले कसले उक्त बलको बारेमा बढी जानकार हुने भनेर।दाइको अगाडि भाइको केही लागेन र दाइले नै उक्त बलको साङ्ला खिचिदियो।
"डम्म्म्म्म्म्म्म्म्म्म्म" आवाज आयो र धुवाँको मुस्लोले खेतबारी अन्धकार भयो।एकै छिनमा रामबहादुर,उनकी पत्नी र गाउलेहरु जम्मा भए।एक हल गोरु सहित दुई भाइ यता र उता लडिरहेका थिए।यत्तिकैमा एक जना गाउलेले भन्यो-
"अस्ति एक हप्ता पहिले सेना र बिद्रोही बीच युद्ध भएको थियो,खै यी दुई भाइले कहाँबाट फेला पारेछन्-बम!"
Tuesday, 23 August 2016
शनिबार
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment