Friday, 19 August 2016

अक्षर फूल

अक्षर हरु,गरेर खर्च,लेखेको कविता
गलल हासे साथी र भाइ,भए म रमिता।

सिकारु परे,मद्दत गर्नु,साहित्य सिक्नुछ
लेखेर काव्य,समुद्र बाट जुहार झिक्नुछ।

सगरमाथा चढ्नेछ पक्कै लेखेको मसीले
लागेमा चोट,बाध्नेछ घाउ,काव्यको पट्टीले।

बिश्वको धेरै मान्छेले पनि चिन्नेछ्न् मलाई
हुनेछन् सबै आफन्त मेरो ,नभई पराई।

छन्दमा लेखु भनेर मैले कोसिस गरेको
अक्षर फूल बनाई मैले सुवास छरेको।

हातमा हात,काधमा काध मिलाई साथी हो
अगाडि बढौ,काव्यको पथ,यही नै जाती हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...