Thursday, 25 August 2016

संयोग

संयोग पनि कस्तो भैदियो भने-मन्दिरमै भेट भयो पनि के भनौं,नजर जुधे।बेला बेलामा चोरी-चोरी म उनैतिरै हेर्थें,र उनी पनि।दुईटा ठुल्ठुला पहाड हरु एकआपसमा ठोक्किए झैं अचानक जोड जोडले ठोकिन्थे हाम्रा नजरहरु अनि द्रुत गतिमै बिपरित दिशामा उछिटिन्थे।मेरो मन नौनी भन्दा पनि कमलो भएकोले एकै छिनमा पग्लिएर लत्तक्क र मन्दिरको भीडभाडले गर्दा शरीर गलेर फतक्क भैसकेको थियो।म एकतर्फी उनको प्रेममा फसिसकेको थिएँ र उनको हेराइ अनुसार सायद उनी पनि म देखेर मोहित भएको अनुमान लगाएँ।त्यत्रो भीडमा पनि त्यहाँ हामी दुई मात्र भएको भान हुन्थ्यो ।उनी को संग आएकी थिइन् थाहा भएन तर म मेरा केही साथी हरु संगै आएको थिएँ। उनलाई देखेपछि मेरा साथीहरु कता गए केही भेउ पाईन।अप्सरा जस्ती नजरमा परेपछि अरु कसैको मतलव भएन मलाई।निकै थकित भएकोले मैले उनलाई बाहिर आउन र म बाहिर पर्खिने ईशारा गरें।बाहिर गएर उनको प्रतिक्षा गर्न थालें।निकै बेरपछि उनीसंग अर्की एक जना केटी र करीब २ बर्षको बाबु पनि साथमा लिएर बाहिर आए।म पुलकित हुँदै नजिक गएर भनें:"हाई! के छ ,कहाँ पुग्ने हो बहिनी?"
उनले बोल्न थालिन्-"ठिकै छ दाइ,हामी पुग्नु पर्ने चाहिँ साँखु।उनी मेरी नन्द अनि यो मेरो छोरो।हामी भीडमा लाइन बस्दा बस्दा हैरान भयौं र बाबु बोकी लाग्ने कोही भएन।ठ्याक्कै दाइसंग भेट भयो।ल ल बाबु! मामाको बुई जाउ,मामाले बोकी-बोकी गर्नुहुन्छ।"
म एकै चोटि सगरमाथाको टुप्पो बाट फेदीमा झरें।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...