Friday, 5 August 2016

हेर

मेरो मुटुको बारीमा तिमी चरेर हेर
अलिकति माया पनि त्यहाँ छरेर हेर।

हजारौं तिरस्कार सही बाचेको मनुष्य हु
यो दु:खीको खाली ठाउमा माया भरेर हेर।

बाहिरै बाट हेरेर पत्थर रहेछ भन्छौ
यो मुटुको ढोका बाट प्रबेश गरेर हेर।

पर्दैन तिमीले कुनै अग्नि-परीक्षा दिनु
अगालोमा बाधिनलाइ अगि सरेर हेर।

म नै छैन भने सानू कसलाई माया गर्छौ
मेरो माया पाउने भए,भन्छौ मरेर हेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...