Saturday, 13 August 2016

बाढी पहिरो

सताइरह्यो लगातार बाढी पहिरोले
खत्तम पार्यो घरबार बाढी पहिरोले।

पहाड खस्यो,तराइ डुब्यो,मरे धेरै जन
आयो यस्तै समाचार, बाढी पहिरोले।

बिना खाना,बिना घर, परे अलपत्र
मच्चाइदियो हाहाकार बाढी पहिरोले।

भाग्ने कुनै ठाउँ छैन ज्यान बचाउन
आफ्नै घर कारागार, बाढी पहिरोले।

उद्दार गर,बचाउ ज्यान,छिटो सरकार
परे पीडित लम्पसार बाढी पहिरोले।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...