टाउको उठ्न दिएन मेरो ऋणको भारीले
बुढीले चित्त बुझाई त्यही पुरानो सारीले।
लागेन केही दिन र रात गोरु झैं जोतिदा
यो मुटु मेरो दुखी नै रह्यो रेटे झैं आरीले।
दबाई राख्नु कहिले सम्म ईच्छा र चाहना
फलेन सुन,दिएन मोती उत्तीस घारीले।
खानको लागि पाकेर ठीक्क भएको बेलामा
खोसेर खाना,धम्काई दियो बन्दुक धारीले।
हात र मुख जोर्न नि धौधौ भएको कारण
बिदेश जानु पर्ने नै भयो पुगेन बारीले।
No comments:
Post a Comment