म रिसेप्सनिस्टको रुपमा एउटा सपिङ मलमा काम गर्थें।एकदिन वाथरुम गएर फर्किने क्रममा बुट्टेदार टायल माथि हजार-हजार रुपियाँका दुइटा नोटहरु यता र उता लडिरहेको देखे।ती नोटहरुको हालत देख्दा यस्तो लाग्थ्यो कि ती नोटहरु बिना मालिक अलपत्र भएर साहारा खोजिरहेका छन् ।टपक्क टपक्क टिपेर गोजीमा हाल्न मन लागेको थियो तर जडान गरिएको सिसी टीभी क्यामेरा त्यतै तेर्सिएको कारण आफू फस्न चाहन्न थे।म अलि परैबाट हेरेर मात्र टोलाइरहे।यत्तिकैमा एकजना मान्छे आएर टप्प टप्प टिपेर नोटहरू गोजीमा हाल्न लागे। मैले उसलाई परैबाट बोलाएर त्यो पैसा रिसेप्सनमा बुझाउनु भने।उ पनि अलि डराएर रिसेप्सनमा आएर बुझाइहाल्यो।मैले एउटा पानामा उसको सबै नालीबेली लेखेर हस्ताक्षर गराए।दिनभरी पैसा लिन कोही आउला कि भनेर प्रतिक्षारत बसे तर त्यो दिन पैसा खोज्न या दाबी गर्न कोही पनि आएनन्।पैसाको भोको मलाई के चाहियो र,मेरा तीन नेत्र भैसकेका थिए।पैसा बुझाउनेको बिस्तृत विवरण भएको कागज कच्याक-कुच्युक पारेर डस्टबिनमा फालेर ती दुई हातीहरु दोबारेर खल्तीमा हाले।
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment