Saturday, 6 August 2016

बम खर्चेका छन्

देश ध्वस्त पार्न बारुद र बम खर्चेका छन्
त्यही खुशीमा भोड्का अनि रम खर्चेका छन्।

उत्तरदायित्व बिर्सेर देशका युवा हरु
जाड,रक्सी,जुवा-तासमा रकम खर्चेका छन्।

कर्म गर्न लजाउछन् शिक्षित भनौदा हरु
प्रमाणपत्र पछारेर अहम खर्चेका छन्।

बिगबिगी छ जताततै नक्कली डाक्टरको
घाउमा हैन,गलत ठाउमा मलम खर्चेका छन्।

भर्न सम्म भर्छन् गोजी सत्ता चुमे पछि
यस्तो गर्छु भनी झूटो कसम खर्चेका छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...