Wednesday, 3 August 2016

नेता हो

बेला बेला सिद्धान्त र बिचार फेर्छौ नेता हो
फेर्दा फेर्दै राजनीतिको व्यापार फेर्छौ नेता हो।

अरु बेला गायब हुन्छन्,मुखै देख्न अप्ठ्यारो
चुनाव नजिकिए पछि व्यवहार फेर्छौ नेता हो।

आलो-पालो देश लाई चुसी खोक्रो बनाउन
अनेक नाटकबाजी गर्दै सरकार फेर्छौ नेता हो।

झुपडी थियो,घर फेर्यौ,करोडौं कमाएर
नेपालको चाहिँ कहिले मुहार फेर्छौ नेता हो।

एक पैसाको काम छैन, कुरा मात्र गर्दछौ
यस्तो पाराले कसरी संसार फेर्छौ नेता हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...