Sunday, 21 August 2016

बैशाख बार्ह

बैशाखको बार्ह गते बहत्तर साल थियो
साढे सात रेक्टरको भुकम्पले झट्का दियो।

सुन्धाराको धरहरा लगायत धेरै घर
लडिगए कठै बरा,मान्छे भागे पर पर।

धेरै जन किचिएर यमलोक तिर गए
बाचेका ती सबै जना भोको अनि प्यासी भए।

घाइते भएका हरु गए पछि अस्पताल
औषधि पनि सकिदा अति नै भए बेहाल।

लगातार आईरहे भुकम्पका झट्का हरु
ती भन्दा दु:खका दिन होला र कहिले अरु।

पाल टागी बस्न थाले पीडित सबै नेपाली
त्यतिबेला केको जात,को मधेसी,को हिमाली।

करोडपति भएर रोडमा नै सुत्नु पर्दा
नर्क पुगे सरी भयो,हावा हुरी,वर्षा झर्दा।

भुकम्प संगै पहिरो र बाढी पनि झरेर
हजारौंको ज्यान गयो पहाड सिंगै खसेर।

दु:ख देखी बिदेशीले पठाए धेरै राहत
पीडितले नपाएर कुहियो होला अब त।

अनुदान दिने भन्थ्यो पुनर्निर्माणको लागि
देखिएन आज चाला यो सरकारको जाति।

ब्यस्त देखिन्छन् ती नेता कुर्सीको कालो खेलमा
रुझिरहेछन् जनता अझै वर्षाको भेलमा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...