Friday, 12 August 2016

लगन

यो मंसीरमा तिम्रो मेरो लगन भयो भने
सफल हुन्छ हाम्रो माया कन्चन भयो भने।

खलनायक निस्किए नि हाम्रो विपक्षमा
राम बनी बिनाश गर्छु,रावण भयो भने।

आधी-हुरी आए पनि रोकेर सकिन्न
दुई मुटुको एउटै धड्कन भयो भने।

झुपडी नै प्यारो लाग्छ किन आज भोलि
भुकम्पले भत्काइ दिन्छ भबन भयो भने।

पौडिएर निस्किनु छ महासागर बाट
यो जिन्दगी कतै डुब्ने लक्षण भयो भने।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...