राजनीति देशको लागि अभिसाप भएको छ
अवसरवादी नेतालाई फलिफाप भएको छ।
विभेद अनि छुवाछूत अझै हटेको छैन
अन्तर्जातिय प्रेम यहाँ महापाप भएको छ।
सबै तिर भताभुङ्ग ,लथालिङ्ग देखेर
त्यसै आज मेरो उच्च रक्तचाप भएको छ।
तडकभडक जीवन शैली मान्न मनले दिएन
मेरो पाउमा उन्ने चप्पल हातीछाप भएको छ।
खै के कुरामा यो चित्त सार्है दुखेर होला
कहिल्यै नपिउने "माङ" दिउसै झ्याप भएको छ।
No comments:
Post a Comment