Sunday, 7 August 2016

थाक्ने छैनन्

थाक्ने छैनन् बाबा-आमा आशिष भनेर
बुढेसकालमा बाबु तैले पालिस भनेर।

सेवा गरेको देखेर दु:खी गरीबको
सबै भन्छन् बिशेष जीवन बाचिस भनेर।

असल मित्रले भन्नू त स्वभाविकै हो
बुद्धि गुमाइ कुबाटोमा लागिस भनेर।

धनाढ्य बाउकी छोरीले माया नबुझी
भनिदिन्छन् सम्पत्ति नै ताकिस भनेर।

तपाईं हरुको सुझाव मात्र मागेको
नभन्नु होला सर्वस्व मागिस भनेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...