Sunday, 21 August 2016

जानुछ फर्केर

चुनाव आए,आएर नेता, गर्दछन् भासण
चुनाव पछि बिर्सेर जान्छ नेताकै शासन।

प्रकोप पर्दा,मर्दछन् जन,प्यास र भोकले
नदेख्दा आँखा,नेताको आज,उम्लिन्छु झोकले।

लथा र लिङ्ग भएको देश,सडक भत्केर
आएन कोही,निर्माण गर्न,अगाडि सरेरे।

फोहोर-मैला,धुवाँ र धुलो,भएर दुर्गन्ध
त्यो माथि पनि चक्काको जाम,हड्ताल र बन्द।

नेतृत्व कर्ता,जसरी हुन्छ,जनता भड्काई
सोच्दछन् मात्र,कुर्सीको लागि,दिमाग लडाई।

बिनास भयो,भएन केही ,देशमा बिकास
सोचेको जस्तो नहुदा आज जनता निराश।

चुन्नुछ नेता, देशमा अब, एउटा असल
अनि पो हुन्छ बिकास अनि नेपाल सफल।

संकीर्ण सोच,जात र भात,सिद्धान्त छोडेर
केही त गरौं जनता अब उपाय खोजेर।

प्रत्येक ब्यक्ति नेता नै हुन्छ गर्ने नै हो भने
देशको लागि खोलेर दिल,सर्ने नै हो भने।

बिदेश तिरै भासियौ हामी युवा र युवती
यसरी चल्ने हो भने पछि के होला प्रगति।

नेपाल आमा रुदैछ हेर,त्यो छाती चर्केर
भएछ बेला,अबेला होला,जानुछ फर्केर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...